मेचीनगर । 

सञ्चार क्षेत्रको बिकास एबम् प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको झापा मेचीनगरको सञ्चार प्रतिष्ठानको कार्यालयमा नगर अधिकृतले ताला लगाएका छ्न् । नगरपालिकाले २०७९ चैत्रमा सञ्चार प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठानको संरक्षक नै नगरपालिका हो । प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी नै नगरी ताला लगाएपछि  संस्था अन्योलमा परेको छ ।

पत्रकारको श्रीवृद्धि–बिकास एबम् मिडिया हाउसको प्रवर्द्धन गर्ने उद्देश्यले तीनमहिना अघि मेचीनगरमा प्रतिष्ठान गठन गरिएको हो ।संस्थाले कार्यालय ब्यवस्थापनका लागि नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सल्लाह र निर्णयमै नगरपालिकाको तेस्रो तलाको खाली कोठालाई कार्यालयको ब्यवस्थापन गरेको थियो । संस्थाले नगरपालिकाले संस्थाको कार्यालय ब्यवस्थापनमा छुट्याएको २ लाख ५० हजारको सामाग्रीसमेत खरिद गरिसकेको छ ।

कार्यालयको उद्धाटनका लागि संस्थाका सदस्यहरु आन्तरिक तयारीमा जुटरहेको थियौं, प्रतिस्ठानका सदस्य झुलन रेग्मीले भने,( ञनगर प्रमुख र अधिकृत सहभागी बैठकले सोहि कोठा मर्मत गरेर संस्थाले प्रयोजन गर्ने भनि निर्णय गरेर कार्यालय ब्यवस्थापन गरेको  हो । जानकारीबिना नै अधिकृतले ताला लगाएको कुरा बाहिर आएको छ । मलाई जानकारी छैन । संस्थाका पदाधिकारीलाई पनि जानकारी गराएको रहेनछ ।झप्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले दोहोरो भुमिका खेलेकोप्रति दुख लागेको संस्थाका सदस्य रेग्मीको भनाई छ ।

उता प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले आफुले कोठाको ढोका खुल्ला भएको देखेर ताला लगाएको बताए । ञखुल्ला कोठा भएकाले ताला लगाएको हुँ । प्रतिष्ठानलाई सहयोग गर्ने भनेर नै गठन गरिएको हो ( प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने ।

सञ्चारमाध्यमको भुक्तानी रोकियो

नगरपालिकामा संचालित पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजनलाई लोककल्याणकारी बिज्ञापन वापत छुट्याइएको वजेट त्यहाँका मिडियालाई नगरपालिकाले भुक्तानी नगरेको प्रतिष्ठानले जनाएको छ । मिडियालाई एकद्वार प्रणालीबाट बिज्ञापनको भुक्तानी गर्ने उद्देश्यसमेत बोकेको प्रतिष्ठानले त्यहाँका संचारमाध्यमलाई सूचीकरणका लागि आव्हान गरेको थियो ।  सूचीकरण भइसकेपछि पनि सञ्चारमाध्यमलाई भुक्तानी नदिएको प्रतिष्ठानले जनाएको छ । 

नगरपालिकाले गएको आबको अल्या गरेको गरी ३३ लाख प्रतिष्ठानमार्फत भुक्तानी गर्ने भनी रातो किताबमा मिडिया शीर्षकमा उल्लेख गरेको रकम पनि भुक्तानी गरेको छैन । सञ्चारमाध्यमको भुक्तानी रोकेपछि चाँडै रकम भुक्तानी गर्न आग्रह गर्दै प्रेस क्लब मेचीनगरले पनि मेयर गोपाल बुढाथोकी र उपमेयर मिना उप्रेती पोखरेललाई ज्ञापन पत्र बुझाइसकेको छ । नगरपालिकाले सञ्चारतर्फको वजेट नै नभएको र भुक्तानी समस्या भएको मेयर बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत पराजुलीको भनाई छ ।

उता नगरप्रमुखले प्रतिष्ठान गठन गर्दा प्रक्रियासमेत नपुर्याई गठन गरेको भन्दै त्यहाँका सिद्धहस्त पत्रकारले असन्तुष्ट व्यक्त गर्दै आएका छ्न् । नगरले पुराना सक्रिय पत्रकारलाई जानकारी नदिई प्रतिष्ठान गठन गरेको चौतारी पोस्ट अनलाइनका सम्पादक जिएन शर्माको भनाई छ ।