झापा ।
देशका सातै वटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।