झापा । 

झापाबाट लागू औषध मुद्दामा दुई बर्षअघि फरार रहेका एकजना प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीबाट फैसला कार्यान्वयनकोलागि  झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका वडा नं.२  का ३२ बर्षिय सुर्यप्रसाद साजवंशी छन् । राजवंशी झापा जिल्ला अदालतको मिति २०७८/०५/१० गतेको फैसला अनुसार लागू औषध मुद्दामा फरार रहेका प्रतिबादी हुन् । उनलाई  ५ महिना ५ दिन कैद तथा सजाय तोकिएको छ ।

अदालतको आदेश अनुसार प्रतिवादी राजवंशीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।