बिराटनगर।
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–९ बाट ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका–७ की ४२ बर्षीया रुपा प्रधानलाई ८ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिईएको हो ।
त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका–१० का २६ बर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका–३ की २५ बर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी मंगलबारे मोरङको प्रहरी टोलीले रंगेली–२ का २३ बर्षीय बिजय खवासलाई प्रतिवन्धित औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुलसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।