झापा । 

कोशी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

अहिले  मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर  स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आँशिक देखि सामान्य  बदली रहेको  छ।

महाशाखाका अनुसार कोशी , मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै  स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।