झापा ।
झापाबाट चोरी मुद्दाका फरार एक जना प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का २५ बर्षिय सफिक आलम रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७९/०३/२७ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका आलमलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।
अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आलमलाई ६ महिना कैद, ५ हजार जरिवाना र २ सय रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भएको थियो ।