झापा।
झापाको दमक नगरपालिका–१ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध ब्राउनसुगर बिक्री वितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।
आइतवार बेलुका साढे ९ बजे प्रहरीले पक्राउ गरेको हो । पक्रउा पर्नेमा २० बर्षीय शैलेशकुमार मगर, २३ बर्षीय एनोस राई, दमक २ का २८ बर्षीय मदनबहादुर मगर, २५ बर्षीय हेम श्रेष्ठ र दमक ६ का २० बर्षीय अन्जान मगररहेका छन् ।
पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।