झापा । 

झापाका केही महिना यता धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् । यसै क्रममा वालयौन दुरुपयोग मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका वडा नं.२ का ४१ बर्षिय माइला भन्ने होमबहादुर पाठक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि  खटिएको प्रहरी टोलीले झापा जिल्ला अदालतको मिति २०७९/०३/०७ गतेको फैसला अनुसार वालयौन दुरुपयोग मुद्दामा फरार रहेका प्रतिबादी पाठकलाई पक्राउ गरेको हो । 

पक्राउपछि प्रतिवादी पाडकलाई आइतवार फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिवादी पाठकलाई १ वर्ष कैद, १० हजार जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्ति भराउनु पर्ने साथै चारसय रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको थियो ।