बिर्तामोड ।
नेपाल शैक्षिक पराममर्श संघ (इक्यान) को आगामी असार ३० गते हुने अधिवेशनका लागि झापाबाट केन्द्रिय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेलले उम्मेद्वारी घोषणा गरेका छन् ।
कोशी प्रदेश अन्र्तगत पूर्वाञ्चल इक्यान र झापा शाखाबाट सर्वसम्मत रुपमा जमरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेद्वार निर्णय गरिएको हो । इक्यान झापाले आइतबार(आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जमरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेको हो ।

आफ्नो उम्मेवारी घोषणा गर्दै उनले इक्यानको केन्द्रिय नेतृत्वमा पुगेपछि विदेशी विद्यार्थीलाई नेपालमा नै अध्ययन गर्ने वाातावरण सिर्जन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफु कोशी प्रदेशबाट साझा उम्मेद्वार बनेकाले आगामी असार ३० गते काठमाडौंमा हुने इक्यानको ९ औं महाधिवेशन तथा १७ औं वार्षिक साधारणा सभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुने विश्वास ब्यक्त गरे ।
इक्यान झापाका उपाध्यक्ष तथा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव राज कार्कीले गरेका थिए । झापामा इक्यानका १८ जना मतदाता रहेका छन् भने देशभर चार सय ६७ जनाले मतदान गर्न पाउने बताइएको छ ।


















