झापा ।
मनसुनी रेखा उत्तरतर्फ सरेकाले भोलीदेखि बर्षा धेरै हुने सम्भावना रहेको छ। आज पनि देशभर पानी पर्ने सम्धावना छ । आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज हिजो, अस्तिको भन्दा केही कम वर्षा भएपनि भोलिबाट बढ्ने छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण हुँदा वर्षा केही कम हुने र उत्तर सर्दा वर्षा बढ्ने गर्छ। देशभर पानी पर्ने भएकाले बाढी, पहिरोको जोखिमबाट बच्न आग्रह महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
भोली सोमवार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।