बिराटनगर।
झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापास्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले लेटाङ नगरपालिका–८ का २५ बर्षीय सुवास कार्की, २५ बर्षीय लोकेश राई लेटाङ ९ का २० बर्षीय दिबाहाङ राई, २० बर्षीय पवन बाग्दान र २६ बर्षीय अबिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।