भोजपुर । 

भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई सोमबार (आज) बिहान घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेका हुन् ।

उक्त घटनाको खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी टोली खटि गई अनुसन्धान गरिरहेको छ ।

घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अवस्थामा मृत फेला परेकोले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।