मेचीनगर ।

हात्तीको आक्रमणमा परी सोमबार बिहान झापा मेचीनगरमा एक वृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन् ।

वडाध्यक्ष नारायण खनालका अनुसार दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ बजे हात्तीको आक्रमणमा परेकी हुन् । घटनास्थल घरसँगै जोडिएको छ। उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खनालले जानकारी दिए ।

स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन् । शव धुलाबारी प्रहरीले उठाउने तयारी गरिरहेको छ । महानन्द टोल धुलाबारीको व्यस्त बजार क्षेत्र हो । बजार क्षेत्रमै हात्ती छिरेर मानिसको ज्यान लिएपछि स्थानीय त्रसित भएका छन् ।