झापा ।
बैदेशिक रोजगारी ब्यवसायीको हकहितका लागि संगठित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ३१ औं स्थापना दिवस मनाउने भएको छ । संघले आज आइतवार बिबिध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने भएको हो ।
२०४९ साउन १७ गते सात जना वैदेशिक रोजगार व्यवसायीले स्थापना गरेको संघमा हाल साढे नौं सयभन्दा बढी व्यवसायी आवद्ध रहेका छन् ।
संघले आफ्नो स्थापना दिवसका अवसरमा आइतबार रक्तदान, सांस्कृतिक कार्यक्रम तथा विविध सम्मानको कार्यक्रम राखेको जनाएको छ । रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म संघको कार्यालय तिलगंगामा राखिएको संघले जनाएको छ ।