झापा ।
लियो क्लब अफ भद्रपुरको सचिबमा हल्दिबारी–३ का सुगम गिरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनबाट लियो वर्ष २०२३/०२४ को लागि गिरी सचिवमा निर्वाचित भएका हुन् । अधिबेशनबाट क्लबको अध्यक्षमा सिकेन्द्र यादव, सचिबमा सुगम गिरी र कोषाध्यक्षमा चन्दनकुमार महतो निर्वाचित भएका थिए ।
समितिको प्रथम उपाध्यक्षमा रमन नेपाल, दितीय उपाध्यक्षमा दिक्ष्या राजबंशी विश्वव्यापी नेतृत्व टोलीमा कुशल महत, संयुक्त कोषाध्यक्षमा सन्देश दाहाल , विश्वव्यापी सेवा टोलीमा सेन्चोक राई, विश्वव्यापी सदस्यता टोलीमा सागर गौतम, महिला सशक्तीकरण टोलीमा आराध्या प्याकुरेल सञ्चार संयोजकमा गौरब चौधरी, रगत ब्यवस्थापन संयोजकमा मनिष पौडेल र अर्पण गुरुङ, संयुक्त सचिवमा देवका भट्टराई चयन भएका छन् ।
त्यसैगरी जनसम्पर्क अधिकृतमा आदित्य दास, टैल टुवीस्टरमा उमेश दाहाल, खेलकुद संयोजकमा सन्जय चौधरी, क्लब प्रशासन संयोजकमा आकृति पोख्रेल, टेमरमा आसुतोष शर्मा र लियो विक सेलिब्रेसन संयोजकमा प्रतिक शाह रौनियार निर्वाचित भएका छन् ।
हल्दिबारीमा मात्र नभइ झापा जिल्लाकै बालबालिका देखि युवासम्म, वयस्कदेखि जेष्ठसम्म प्राय सबै उमेर समुहसँग मिलनसार तथा लोकप्रिय गिरी विभिन्न सामाजिक गतिविधिको नेतृत्व कर्ता साथै संयोजक रह्ँदै आएका छन् । उनी रक्त सहजीकरण तथा प्रत्येक सामाजिक कार्यमा सधै अग्रसर भएर निकास दिन सक्ने क्षमता भएका युवा हुन् । सानैदेखि मिहिनेति, लगनशील र सामाजिक तथा राजनैतिक क्षेत्रमा सक्रिय रहेका गिरीले क्लबको सचिबको जिम्मेवारी पाएका हुन् ।
अधिबेशनमा गिरीले आफ्नो कार्यकालमा धेरै भन्दा धेरै कार्यक्रमहरु सञ्चालन गर्ने, अगाडीका त्रुटिहरुलाई पनि समाधान गर्ने र समुदायमा रहेको कुरिति कुसंस्कृति जस्ता सामाजिक समस्याको समाधान गर्नेतर्फ लाग्ने, विभिन्न सार्वजनिक स्थानहरुमा जनचेतनामुल्क कार्यक्रम संचालन गर्ने बताएका छन् ।