झापा । 

झापाबाट चोरी मुद्दामा फरार रहेका एक जना फरार प्रतिबादी पक्राउ परेका छन् । झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ फरार प्रतिवादीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नम्बर ७ का २२ बर्षिय ठुलो भाई भन्ने युवराज बि.क. रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७९/०३/१६ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका प्रतिबादी बिकलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।

अदालतको आदेश अनुसार प्रतिबादी बिकलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रतिवादी बिकले ३ महिना कैद तथा सजाय, १० हजार जरिवाना र १५ हजार रुपैयाँ पिडितलाई क्षेतिपुर्ति भराउनु पर्ने जनाइएको छ ।