चारआली ।
झापाको मेचीनगर नगरपालिकास्थित चारआलीको श्री अरिदमन गणमा नेपाली सेनाले बृक्षरोपण गरेको छ । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर सेनाले चारआली ब्यारेक परिसरमा शुक्रबार (आज) बृक्षरोपण गरेको हो ।
झापाका ब्यवसयीसहितको उपस्थितिमा बृक्षरोपण गरिएको थियो । बृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एसपी दुर्गाराज रेग्मी, राष्ट्रिय अनुसन्धानका तुलसी प्रसाईले बृक्षरोपण गरेका हुन् ।
त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, ब्यवसायी टीकाराज ढकाललगायतले बृक्षरोपण गरेको श्री अरिदमन गण चारआलीका गणपति इमेशमेहर श्रेष्ठले जानकारी दिए ।