झापा।
सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुवैतर्फी अवरोध हुँदा सयौं यात्रु अलपत्र भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा गएराति सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फी बन्द भएको हो।
सडक बन्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । अहिले सडक विभाग र प्रहरीको टोली स्काभेटरसहित पहिरो पन्छाउने काम गरिरहेका छन्। बिहान सवा १ बजे सडक खुलाइएको भएपनि पुनः पहिरो झरेको थियो।
पहिरो अझै नरोकिएकोले अवरोध हटाएर बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ।