सुरुङ्गा । 

इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापाको सुरुङ्गामा भारतबाट नेपाल ल्याउदै गरेको माछा बरामद गरि नष्ट्र गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको सयुक्त प्रहरी टोलीले भारतबाट सुरुङ्गाको बजारतर्फ ल्याउदै गरेको जिउदो मुङ्ग्री जातको र मरेको समेत गरि ६० केजी माछा बिहिवार कनकाई नगरपालिका ५ हनुमानचौकबाट बरामद गरि नष्ट्र गरेको हो । 

पछिल्लो समय  झापा जिल्ला माछामा आत्मनिर्भर भएसँगै भारतीय बजारबाट ल्याइने खासमा मरेको माछा झापाको बजारमा भित्राउन बन्द गर्दै आएको छ । यता कनकाईको बजारमा मरेको भारतीय माछा विक्री हुने गरेको तथ्य बाहिरिएसगै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा मरेको भारतीय माछा विक्री गर्न बन्द गरिएको बताए ।

कनकाईले यसलाई कडाईका साथ लागु गर्नका लागि छुट्टै कार्यविधि बनाइदै ल्याइएको र तत्काल यसलाई कडाईका साथ लागु गरिने समेत नगरप्रमुख पोखरेलले बताए ।