झापा। 

आज मुस्लिम समुदायले बकर इद पर्व धुमधामका साथ मनाउँदै छन् । उक्त पर्वको अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । 

मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बकर इद पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना ब्यक्त गरेका छन् ।