झापा।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गरेका छन् ।
निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधका घटनाहरुमा बिशेष चनाखो भई काम कारवाही गर्न र सिमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँचको ब्यबस्था मिलाई हुन सक्ने चोरी निकाशी पैठारीका घटनाहरुलाई नियन्त्रण गर्न २४ सै घण्टा दत्त चित्त भई लागी पर्ने निर्देशन दिएका छन् ।
बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको पनि निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालयको बस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेको क्वाटरगार्ड, उद्दार सम्बन्धी उपकरणहरु तथा बिभिन्न शाखाहरुको निरीक्षण गरेका थिए ।
निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रहरी नायव महानिरीक्षक बास्तोलाले कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै मनसुन शुरु भएसंगै बाढी पहिरोको जोखिम रहने र जोखिममा परेका नागरीहरुलाई उद्धार गर्ने पहिलो सुरक्षा निकाय नेपाल प्रहरी नै रहेको हुँदा उपलब्ध श्रोत साधनलाई तयारी अवस्थामा राखी २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिए। साथै उनले विपद जोखिम न्युनीकरण र व्यवस्थापनको समयमा सम्बन्धीत निकाय तथा सरोकारवालाहरुसँग समवन्य र सहकार्य गरी विपद उद्दारलाई थप व्यवस्थीत र सहजता पुर्वक कार्य गर्न समेत निर्देशन दिए ।


















