झापा । 

बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउंपालिका वडा नं.६ का ४२ बर्षिय पुष्पराज बाराकोटी रहेका छन् । 

उच्च अदालत बिराटनगर ईलाम इजलासबाट मिति २०७९/०७/०२ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका बाराकोटीलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयन गर्न झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । प्रतिवादी बाराकोटीलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रतिवादी बाराकोटीलाई ५ दिन कैद तथा सजाय, १२ लाख जरिवाना र .४८ हजार रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने प्रहरीले जनाएको छ ।