मेचीनगर।
अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अबैध ओसार–पसारविरुद्धको दिवसको अवसरमा मेचीनगरको काँकरभिट्टामा ¥याली निकालिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको आयोजना तथा लागुऔषधविरुद्धकै अभियानमा पूर्वी नाकामा सक्रिय विभिन्न संस्थासँगको सहकार्यमा सोमबार ¥याली निकालिएको हो ।
लागुपदार्थको खेति र कारोबार भताभुङ्ग परिवार र बास हुन्छ कारागार’ ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धता लागुऔषध अपराधविरुद्धको ऐक्यवद्धता’ लगायत लागुऔषधविरुद्धको सचेतना स्वरुप विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर इलाका परिषरबाट निस्किएको ¥याली काँकरभिट्टा बजार परिक्रममा गर्दै बाहुण्डाँगी रोडमा रहेको ‘बोर्डल्याण्ड क्याफे एण्ड बार’ परिषरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागुऔषधको दुर्ब्यसनी समाजमा व्यापक बन्दै गएको र यसलाई न्युनिकरणका लागि हरेक क्षेत्र सचेत बन्नुपर्ने बताए । लागुऔषध न्युनिकरणका लागि नगरपालिकाले पनि प्रभावकारी कार्यक्रमको खोजी गरिरहेको र यस क्षेत्रमा बजेट नै निर्धारण गरेर कार्यक्रम सञ्चालन गरिने उनको भनाई थियो ।
अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसारविरुद्धको दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्रले यसअघि देखिनै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको थियो । अन्तरक्रियादेखि टोलटोलमा पुगेर सचेतामुलक कार्यक्रम स्वरुप सप्ताहव्यापी कार्यक्रम आयोजना भएको थियो । जसको समापन स्वरुप सोमबार दिवसका अवसरमा र्याली निकालिएको इलाका प्रहरी कार्यालयका प्रमुख दिपक भारतीले जानकारी दिए ।