झापा।
सरकारले जन्मसिद्धका सन्तानलाई (आज) आइतबारदेखि नागरिकता वितरण शुरु गर्ने भएको छ। सर्वोच्च अदालतले बाटो खोलेपछि अधिकांश जिल्ला प्रशासन कार्यालयबाट आजदेखि नागरिकता वितरण गर्ने तयारी गरेका हुन्।
महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति बनेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो ।
राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेसँगै ऐन जेठ १७ गते राजपत्रमा प्रकाशित गरिएको थियो । राजपत्रमा प्रकाशित भएको स्वतः कानुन हुने भएकाले कार्यान्वयन स्वतः हुने (परिपत्र जारी गर्न नपर्ने) प्रावधान रहेको छ ।