सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराबाट दुर्लभ यार्सागुम्बासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तरहराबाट बिहीवार चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको को.२ ह १०७ नम्बरको अटोटेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैधरुपमा ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो ।
यार्सागुम्बा बरामद भएसँगै ओसार पसारमा संलग्न रहेकि धरान उपमहानगरपालिका–३ कि ४२ बर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान–१९ का ४३ बर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाएको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट अन्य थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।