झापा । 

झापाबाट चोरी र वालयौन दुरुपयोग मुद्दाका फरार दुई जना प्रतिबादीलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका  प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि  खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०७७/१०/१३ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ महिना कैद ४ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका मेचीनगर नगरपालिका वडा नं.१३ का २५ बर्षिय संजय दुलाल भन्ने अविनारायण दुलाल र 

अदालतको मिति २०७९/०१/०७  गतेको फैसला अनुसार वालयौन दुरुपयोग मुद्दामा ४ महिना कैद ४ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका भद्रपुर नगरपालिका वडा नं.६ का ६० बर्षिय जयनारायण साहलाई प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनी आफै उपस्थित भएको प्रहरीले जनाएको छ ।  

पक्राउ गरिएका उनीहरुलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।