बिराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर पिआइटी समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उप–महानगरपालिका वडा नं ५ निसाने  बस्ने ३२ बर्षीय प्रदिप खत्री रहेका छन् । उनको वन पैदावर हानि नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/०५/१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

उनलाई प्रहरी टोलीले आज गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा अदालतले कैद भुक्तानको लागि झुम्का कारागार पठाएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।