ताप्लेजुङ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ सिकैचाका ३८ बर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
असार ५ गते सांझ राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३१ बर्षीया निशा राईलाई दाउराको चिर्टपले प्रहार गरी हत्या गरेको भन्ने सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले आरोपित राईलाई पक्राउ गरेको हो ।
श्रीमान श्रीमती बिच घरायशी बिषयमा बादबिबाद भएको र बादबिबादकै क्रममा रिशको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पटले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटनामास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।