बिराटनगर ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले अभद्र ब्यवहार र लागुऔषध मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अभद्र ब्यवहार मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९|१०|१२ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र ३ हजार जरिवाना बेरुजु रही फरार रहेका मोरङ बुढिगंगा गाउँपालिका-३ का ३४ बर्षीय बिशाल सुबेदीलाई पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाईएको छ ।
यसैगरी लागुऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७५|०५|२५ गतेको सजाय निर्धारण फैसला आदेशले ५ बर्ष कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका धरान उप-महानगरपालिका-१५ का २८ बर्षीय संजय तामाङलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई झापा जिल्ला अदालतमा बुझाईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चन्द्रगढी बुझाईएको छ ।