झापा । 

झापाबाट लागूऔषध मुद्दाका फरार एकजना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं.७ का ३० बर्षिय सतारे भन्ने रन्जित खङ्गी रहेका छन् ।  

झापा जिल्ला अदालतको मिति २०७८/०८/१६ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा फरार रहेका प्रतिबादी खङ्गीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रतिवादीको घर धरान–७ बाट सोमवार पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबादी खङ्गीलाई ५ वर्ष कैद तथा सजाय  र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।