• प्रकाश उप्रेती 

झापा  । 

झट्ट हेर्दा रोटेपिङ, ब्रेक डान्स, रेलयात्रा, बालबच्चाका  खेलौना भएको ठाउँ देखियो भने हामीलाई मेला–महोत्सव रहेछ भन्ने पुष्ठि हुन्छ । मेला र महोत्सवमा को–को कलाकार आउने रहेछ्न् सोधपुछ गर्न कौतुहल हुन्छौ । तर, त्यस्ता मेला(महोत्सवको मुख्य उद्देश्य चै सायद, कमैले सोध्ने गर्छन् । मेला वा महोत्सवको वास्तविक उद्देश्य पनि कहिकतै फरक पाइन्छ भने मुख्य उद्देश्य ओझेलमा पर्ने गरेको पाइएको छ । 

कृषि उत्पादनको बिक्री(प्रवर्द्धन वा उधोग–कलकारखानाबाट उत्पादित वस्तुलाई बजारसम्म ल्याउने ब्यापारिक प्रवर्द्धनका लागि हुनेगरेको पाइएको छ । रमाइलोका लागि र ब्यापार प्रवर्द्धन गर्ने उद्देश्यले लगाइएका मेला–महोत्सव साख कलाकारले नै धान्दै आएको उदाहरण छ। प्रायः सबै ठाँउमा आयोजना गरिएका महोत्सव वा मेलाको उद्देश्यलाई पुरा गर्न स्थानीय वा रास्ट्रिय कलाकार नै अब्बल हुनेगरेको पाइएको हो । 

स्थानीय ठाउँको कृषि, उधोग, ब्यापार, संस्कार–सस्कृति जगेर्ना गर्न आयोजकले महोत्सव वा मिनी मेलाको आयोजना गरिएको हुन्छ । ति सबै आयोजना गरिएका मेला–महोत्सव सफलताका लागि नेपाल सरकारले सहयोग गरेको देखिदैन । स्थानीय कृषकले उत्पादन गरेको कृषि सामाग्री, ब्यापारिले प्रवर्द्धन गर्ने उत्पादित वस्तु, पर्यटन प्रवर्द्धनलगायतको उद्देश्यले आयोजना गरिएका महोत्सव(मेलामा सरकारीस्तरबाट निगारानी र आवश्यक आर्थिक सहयोग नहुँदा कार्यक्रम नै उद्देश्यबिहिन हुनेगरेका छन् ।

बर्सेनि हिउँद लागेपछि मानिस देशैभरी विभिन्न ठाउँमा मिनी मेला र महोत्सव लगाइएको हुन्छ । यो बर्षपनि प्रायः सबै जिल्लामा महोत्सव लगाइएको देख्न र सुन्न पाइयो । प्रायः सबै ठाउँमा  ब्यापारीको संगठनले र केहि ठाउँमा कृषकहरु मिलेर महोत्सव आयोजना गरिएको देखिन्छ । 

आयोजना गरिएको महोत्सवमा उनिहरुको अपेक्षा र उद्देश्य एउटै भएपनि रमाइलो खेल(तमासा र कलाकार नहुँने हो भने महोत्सव नै अपुर्ण हुने देखिएको छ । एकातिर उत्पादन गरिएका वस्तुको प्रवर्द्धन गर्न सरकारीस्तरबाट सहयोग नहुनु अर्कातिर उद्देश्यअनुरुप लक्ष हासिल गर्न अरु क्षेत्रकै भर पर्नुपर्ने देखिएको छ । तसर्थ, कलाकार र खेल तमासा बिना महोत्सव नै अपुर्ण हुने बिश्लेषकको भनाई छ । 

सरकार सहयोग गरेन :

विभिन्न संघ(संस्थाले स्थानीय उत्पादनको प्रवर्द्धन तथा संस्कार(संस्कृतिको जगेर्ना गर्ने, पर्यटन भित्र्याउने लगायत उद्देश्य बोकेर मेला(महोत्सवको आयोजना गर्दै आएका छन् । त्यस्ता उद्देश्य बोकेर आयोजना गरिएको महोत्सवलाई स्थानीय तहबाट भएपर्दो सहयोग नहुँदा आयोजकले नै मुल उद्देश्य छोडेको पाइन्छ । जिल्ला प्रशासन कार्यालयले नियमपुरा गरेकालाई मेला(महोत्सव लगाउन अनुमति दिंदै शान्ति सुरक्षाको ब्यवस्था गर्दै आएको छ भने स्थानीय तहबाट आवश्यक छ्लफलबाहेकको समन्वय गरेको पाइदैन ।

मेला(महोत्सवको लगानी र लगाइसकेपछि त्यसको प्रतिफलको आधारमा आम्दानी करको अधिन गरेर यस प्रकारको ब्यवसायबाट मनग्यै आम्दानी लिएको पाइन्छ ।

सामाजिक फाइदा ः

मेला–महोत्सवबाट सामाजिक रुपमा फाइदा पुगेको पनि पाइन्छ । केहि समयका लागि समाजका बेरोजगार युवालाई रोजगारी पुगेको पाइन्छ । विभिन्न जातजातिको झल्कने संस्कार सांस्कृतिक स्थानीय ठाँउमा उत्पादित कृषि, उधोग र प्रतिभाको प्रवर्द्धन भएको पाइन्छ । 

पछिल्लो समयमा कोशी प्रदेशका अधिकांश ठाउँमा मेला महोत्सवको आयोजना गरिएको छ । स्थानीय संघसस्थाको नाउमा आयोजना गरिने त्यस्ता मेला(महोत्सवमा प्रस्तुत हुने कला–प्रतिभाले समाजमा ससाना बालबालिका, युवा र वृद्धको मनोबल बढाउने मात्रै होइन, स्थानीय उत्पादन उपजको प्रवर्द्धन गर्ने हुँदा कृषि(उधोगमा आवद्ध कृषक र नवउधोगीलाई प्रोत्साहन मिलेको पाइन्छ । 

बिर्तामोड उधोग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट पुर्वाको सबै क्षेत्रबाट उत्पादित वस्तुको महत्त्वलाई प्रोत्साहन मिलेको पाइन्छ । दिनहुँ आगमन हुने राष्ट्रिय कलाकारले त्यहाँ प्रवेश गर्ने आगन्तुकलाई मनोरञ्जन प्रदान गर्न मात्रै नभई त्यहाँको जातजातिको सस्कारको जगेर्ना समेत गरेको छ । पुर्वको धुलाबारी र प्यारिभिट्टामा आयोजना गरिएको महोत्सवको आवश्यक तयारीबिना नै शुरु गरेपछि आयोजना र ब्यवस्थापन गर्ने आफै सन्तुष्ट देखिएनन् ।

धाइजन महोत्सव :

हाल झापा मेचीनगरको धाइजनमोडमा महोत्सव संचालनमा रहेको छ । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले ञतार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानझद्वारा आयोजना गरिएको हो । जेठ २२ गतेदेखि आयोजना सुरु भएको धाइजन−दुहागढी सांस्कृतिक तथा सांगेतिक महोत्सवको समय बढाइएको छ ।

 स्थानीय तथा आगन्तुकको मागबमोजिम महोत्सवको समय बढाएको आयोजकको भनाई छ । मेचीनगर(१४ मा आयोजना गरिएको महोत्सव जेठ ३१ गतेसम्म अन्तिम दिन तोकिएको हो । तर, असार १३ गतेसम्म जिल्ला प्रशासन कार्यालय झापाले महोत्सव निरन्तर संचालन गर्न अनुमति प्रदान गरेको छ ।

धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा २० वटाबढी स्टल रहने भनिएपनि केहि स्टल खाली नै रहेको आयोजकले बताएको छ । महोत्सव आयोजकले संयोजक सुरेश बुढाथोकीलाई बनाएको छ । प्रशासनिक संयोजक दिपेश राई, मिडिया संयोजक राजन प्रसाई, जनसम्पर्कमा बिष्णु प्रसाई, डिके राई, अङ्कित सेक्युरिटी सर्भिस प्रालिका प्रोपाइट बद्री महत, कालु मेचे, लक्षमण लिम्बु,  लगायतले महोत्सवअवधिभर जिम्मेवारीपुर्ण कार्यभार सम्हाल्दै आएका छ्न् । 

महोत्सवअवधिभर इलाका प्रहरी कार्यालाय धुलाबारी र प्रहरी चौकी चारआलीले सुरक्षाको ब्यवस्थापन गर्दैआएको छ ।महोत्सवअवधीभर ६ वर्षसम्मका ससाना नानीबाबु, अनाथअपाङ्ग, दृष्टीबिहिन र ८० वर्षमाथिका बयोबृद्दालाई महोत्सवमा प्रवेश निस्शुल्क गरिएको ठेकेदार गणेश राउतको भनाई छ

 बिकृति :

महोत्सवमा उद्देश्यभन्दा अन्य प्रतिबन्धित गतिविधि गरेको पाइन्छ । खेल तमासाबाहेक जुवा-तास डाइस लगायतका खेल खेलाउन प्रशासनले निषेध गरेपनि खुलेआम जुवाका खेल खेलाइएको पाइन्छ । तर, महोत्सवमा खेल तमासासहित जुवाका पारखीलाई लक्षित गरेर खेल खेलाउन बाध्य भएको उनिहरुको भनाई छ । ठेकेदारले प्रत्येक दिन फरकफरक गेटपास शुल्क निर्धारण गर्दा पनि आगन्तुकलाई अन्योल भएको बताइएको छ । यता कलाकारअनुसारको सुबिधाका कारण प्रवेश शुल्क परिवर्तन गर्नुपरेको ठेकेदार बताउछ्न् । मदिरा र मदिराजन्य पर्दाथ बिक्री बितरणमा रोक लगाएपनि परिषरमै बिक्री गरेको पाइन्छ ।