झापा । 

लागुऔषध चरेस मुद्दाकी फरार एक जना महिला प्रतिबादी झापाबाट पक्राउ परेकी छिन् । चरेश मुद्दामा फरार रहेकी झापाको दमक नगरपालिका वडा नम्बर १४ की ४० बर्षिया असमिता भन्ने कोपिला तामाङलाई प्रहरीले आइतवार पक्राउ गरेको छ । 

उच्च अदालत बिराटनगर इलाम इजलासको मिति २०७९/१०/१८ गतेको फैसला अनुसार लागुऔषध चरेस मुद्दामा फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली पक्राउ गरेको हो । 

पक्राउपछि फरार प्रतिबादी तामाङलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  फरार प्रतिवादी तामाङलाई १ बर्ष कैद तथा सजाय ५ हजार रुपैयाँ  जरिवाना तोकिएको थियो ।