झापा । 

नदिजन्य पदार्थ अवैध तरिकाले उत्खनन गर्ने दुई वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ स्थित बिरिङ खोलाबाट प्रहरीले ट्रिपर नियन्त्रणमा लिएको हो । 

ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलिले अवैध तरिकाले खोला उत्खनन गरिरहको अवस्थामा ना.७ ख.३६२६ र ना.५ ख. ६९९५ नम्बरका ट्रिपर नियन्त्रण गरेको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएका ट्रिपर आवश्यक कार्वाहीको लागि बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।