झापा ।
झापाबाट बिभिन्न मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् । चोरी मुद्दा, सवारी ज्यान र चेक अनादर मुद्दाका तीन जना फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चोरी मुद्दा प्रमोदकुमार चौधरी, सवारी ज्यान मुद्दाका मनप्रसाद तिवारी र चेक अनादर मुद्दाका नविन भन्ने नगेन्द्र नेपाल रहेका छन् ।
झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका तीन जना प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरिएको उनीहरुलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । अदालतको आदेश अनुसार उनीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७९/१०/१७ गतेको फैसला अनुसार चोरी मुद्दामा १ महिना १९ दिन कैद र तीन हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका बिर्तामोड–५ का ४२ बर्षिय प्रमोदकुमार चौधरी, अदालतको मिति २०७८/१०/०३ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा ९ महिना २८ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका मेचिनगर–१३ का ३३ बर्षिय मनप्रसाद तिवारी र अदालतको मिति २०७६/१०/२८ गतेको फैसला अनुसार चेक अनादर मुद्दामा दुई हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका अर्जुनधारा–११ का ४० बर्षिय नविन भन्ने नगेन्द्र नेपाल रहेका छन् ।