सोलुखुम्बु ।
सोलुखुम्बुको प्रहरी चौकी मुक्लीको नव निर्मित प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । शुक्रबार (आज) कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले भवनको उद्घाटन गरेका हुन् ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले शिलालेख अनावरण गरी भवनको उद्घाटन गरेका हुन् । नव निर्मित भवनको उद्घाटन तथा निरीक्षण पछि कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलालले गाँस बास र कपासको उचित ब्यबस्थापनले प्रहरी कर्मचारीमा थप मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्दै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा बास्तोलाले नयाँ भवन निर्माणको लागि प्रहरीलाई आफ्नो अमुल्य जग्गा प्रदान गर्ने जग्गा दाता तथा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान पत्र तथा प्रशंसा पत्रले सम्मान गरेका थिए। कोशी प्रदेश सरकारबाट बिनियोजित १ करोड ६६ लाख ३८ हजार ५६० को लागतमा प्रहरी चौकी मुक्लीको प्रहरी भवन निर्माण सम्पन्न भएको हो ।