बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले नक्सा पास हुदाँ नदेखाइएका थप संरचना हटाउने भएको छ । नगरपालिका क्षेत्रभित्र नगरपालिकाबाट इजाजत लिएर नक्सा पास गरेर बनाइएका सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर तथा भवनहरु निर्माण गर्दा नक्सामा नदेखाइएका संरचना हटाउन लागएिको हो । 

नक्सा पासपछि व्यापारिक तथा विभिन्न प्रयोजनले सडक तर्फको भागमा थप गरिएका संरचनाहरु हटाउनका लागि नगरका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेद्धारा हस्ताक्षरित ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको हो । 

थप गरिएका सिडी, बरण्डा, पर्खाललगायत संरचना हटाउन शुक्रवार (आज) नगरपालिकाले सूचना जारी गरेको छ ।