झापा ।
झापाको अर्जुनधाराबाट अवैध तरिकाले नदिजन्य पदार्थ उत्खनन गर्ने एउटा जेसीबि र तीन वटा ट्रिपर प्रहरीले नियन्त्रण गरेको छ ।
प्रहरी चौकी शनिश्चरेको प्रहरी टोलीले शुक्रवार साँझ नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाईएको हो ।
अर्जुनधारा नगरपालिका वडा नं.४ टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको एउटा जेसीबि र मे.१ ख. ३१५५, प्र.१–०१–००१ क.९२४, मे.१ ख.२८४८ नं.को ३ वटा ट्रिपरले अवैध तवरले खोला उत्खन्न गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।