झापा । 

झापा भद्रपुरबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने चार वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । भद्रपुर नगरपालिका वडा नम्बर –७ स्थित देउनिया खोलाबाट अवैध रुपमा ढुङ्गा, बालुवा उत्खन्न गर्दै गरेको अवस्थामा चारवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलील प्र.१–०१–००१ त.८७६६, प्र.१–०१–००१ त.८०७४, मे.१ त.४८६२ र अल्फाबेट नखुलेको ९९०४ नं.को ४ वटा ट्रयाक्टरलाई नियन्त्रण गरेको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कार्वाहीको लागि भद्रपुर नगरपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।