झापा । 

पशुपंक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक जनालाई प्रतिबादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं.३ का ३२ बर्षिय पशुपति भट्टराई रहेका छन् । 

झापा जिल्ला अदालतको मिति २०७८/०९/२२ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिबादी भट्टराईलाई पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी बिहीवार फैसला कार्यन्वयन गर्न झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

प्रतिवादी भट्टराईलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई ६ महिना कैद तथा सजाय तोकिएको छ ।