झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नं. १ भगवान चोकबाट प्रतिबन्धित लागू औषधसहित आइतवार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नम्बर ४ घर बताउने ३३ बर्षिय बब्लु शिवाकोटीलाई पक्राउ गरेको हो । 

शिवाकोटीलाई चेकजाँच गर्दा उनको साथबाट रुमालमा पोको पारी राखेको ब्राउन सुगर ६ ग्राम ८०० मिलिग्राम, नोकिया कम्पनीको सादा मोवाईल सेट १ थान, स्यामसुङ मोवाईल १ थान  र नेपाली २ हजार ३०० रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रण गरिएको शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।