बिराटनगर ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगको प्रहरी टोलीले छुट्टा छुट्टै मुद्दाका पाँच जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।
वन पैदावर मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८/०५/१६ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका धरान उप–महानगरपालिका-१९ सुनसरीका ४० बर्षीय मिलन राई र ५० बर्षीय भिम प्रताप तामाङ, ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको मिति २०७४/०७/२९ गतेको सजाय निर्धारण फैसला आदेशले ४ बर्ष कैद भई फरार रहेका धरान उप÷महानगरपालिका–१५ का ४० बर्षीय मणिप्रसाद लिम्बुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बहु–विवाह मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९/१२/०८ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भएका बिराटनगर महानगरपालिका–११ का ४६ बर्षीय बिर्जु भन्ने बिरजु पासवान, ११ महिना १४ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना रहि फरार रहेका ३८ बर्षीय अनिता पासवानलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि कारागार पठाएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।