झापा । 

प्रतिबन्धित लागू औषधसहित झापाबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा मेचिनगर नगरपालिका वडा नं.१२ को कालिझोडा जंगलमा लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी  चारआलीको प्रहरी टोलीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो । 

झापा बिर्तामोड नगरपालिका वडा नं.७ मिया बस्तीका १९ को महमद आरिफको साथबाट खैरो हिरोईन ५० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अर्जुनधारा–११ स्टाफ चौकका २० बर्षिय प्रदिप दर्जीको साथबाट ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम, मेचीनगर–१३ का २८ बर्षिय धनबहादुर महताराको साथबाट ब्राउन सुगर ८०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

त्यसैगरी उनीहरुसँगै रहेका बिर्तामोड १० सैनिकबजार का २४ बर्षिय सन्दिप लाम्गादे समेतलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर थप अनुसन्धान गर्दा बिगतका दिनदेखि नै लागुऔषध कारोबारमा संलग्न प्रहरीको खोजीमा रहेका भारत दार्जिलिङ खोरिवारी ठानाका ३२ बर्षिय राजेन्द्र बर्मनलाई मेचिनगर–७ ईटाभट्टामा फेला पारी चेकजाँच गर्दा ब्राउन सुगर १० ग्राम र नेपाली २७ हजार ५० रुपैयाँ नगदसहित उनलाई समेत नियन्त्रणमा लिइएको छ ।

 नियन्त्रण गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।