बिराटनगर ।

झापा र मोरङको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका –९ बुद्धचोकमा बिहीबार को ३७ प ८१३९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानिय ६२ बर्षीय लोकबहादुर धिमाल र पछाडि सवार उनको श्रीमती ६४ बर्षीया हिरादेवी धिमालको निम्स अस्पताल दमकमा उपचार भईरहेकोमा हिरादेवी धिमालको उपचारको क्रममा मृत्यु भएको हो । 

त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका–३ पुर्व पश्चिम राजमार्गमा मे १ ख ३०७३ नम्बरको बसले प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक कमल गाउँपालिका–२ झापाका ३४ बर्षीय पवन सुबेदीको घटना स्थलमानै मृत्यु भएको हो ।

ठक्कर दिने बस चालक कनकाई नगरपालिका–३ का ३२ बर्षीय टंकप्रसाद सुबेदीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।