हल्दिबारी ।
हल्दिबारी गाउँपालिकाले तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत तोरी, सर्म्यु, रायो, सूर्यमुखी, बदाम लगायतका बालीहरू लगाउने कृषक, कृषक समूह, कृषि सहकारी, उत्पादन, प्रशोधन, भण्डारण र बजारिकरणसँग सम्बन्धित नीजि फर्म, उद्योगी तथा व्यवसायीहरुलाई कृषि समाग्री ५० प्रतिशत लागत अनुदानमा कृषि सामाग्री उपलब्ध गराउन निवेदन माग गरेकाे छ। जेठ ३० गते भित्र कृषि विकास शाखामा कार्यबिधिमा तोकिएको अनुसूची -२ को ढाँचामा कागजातहरु संलग्न राखि निवेदन माग गरेकाे हाे।
कृषकहरुको मागका आधारमा प्रविधि उपयुक्त सिचाईको लागि आवश्यक कृषि यान्त्रीकरण र तेलहन उत्पादन तथा प्रशोधनमा उपयोग हुने साना कृषि मेशिनरी औजार जस्तैः खनजोतको लागि पावर/मिनि टिलर, बिडर, मिनि हार्मेटर, मिनि थ्रेसर, तेल पेल्ने मेशिन लगायतका मेशिनरी तथा सामग्री बढिमा ५० प्रतिशत अनुदानमा वितरण गर्न सकिने कृषि बिकाश शाखा प्रमुख छविलाल गुरूङले जानकारी दिए ।
नेपालीहरुको दैनिक खानपानको अभिन्न भागका रुपमा रहेको खाने तेलको श्रोतको रुपमा रहेको तेलहन बालीहरुको उत्पादन एवं उत्पादकत्व वृद्धि र मूल्य श्रृंखला विकासमा सहयोग मार्फत देशमा खाद्य तथा पोषण सुरक्षाको अवस्थामा सुधार गर्न, तेलहन जन्य उपजहरुको आत्मनिर्भरता बढाउन एवं बढ्दो आयात न्यूनीकरण गर्नमा सहयोग पुर्याउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट तोकिएका प्रदेशहरू र स्थानीय तहहरु मार्फत कार्यान्वयन गर्ने गरि राष्ट्रिय खाद्य सुरक्षा मिसन अन्तर्गत तेलहन बाली प्रवर्द्धन कार्यक्रम गर्नलागेकाे हाे ।