झापा । 

झापाबाट डाका र खोटा चलन मुद्दाका फरार दुई जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार उक्त मुद्दाहरुमा फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले दुबै फरार प्रतिवादीलाई बुत्रबार पक्राउ गरी बिहीवार फैसला कार्यन्वयन गर्न झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । अदालतको आदेश अनुसार  कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा झापा जिल्ला अदालतको मिति २०७४/०२/३१ गतेको फैसला अनुसार डाका मुद्दामा ६ बर्ष कैद र ३ लाख ९ हजार ५९ रुपैयाँ २५ पैसा जरिवाना  फैसला भई फरार रहेका ईलामको माई नगरपालिका–२ का ३६ बिर्षय दिपेश भन्ने बिरबल राई र अदालतको मिति २०७६/०९/२१ गतेको फैसला अनुसार खोटाचलन मुद्दामा ३ बर्ष कैद र १० लाख ३३ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका पाँचथरको  साबकि सिदिन गाविस– ७ घर भई हाल बुद्धशान्ति गाउँपालिका वडा नं.४ बस्ने ५२ बर्षिय मणि जवेगु भन्ने बुद्धिकुमार केरुङलाई  प्रहरीले पक्राउ गरेको हो ।