झापा ।
झापाको बिर्तामोड नगरपालिका–७ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड–८ का अरुण राईको साथबाट १ ग्राम ६ सय मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।