झापा । 

लागू औषध मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।झापा जिल्ला अदालतको मिति २०७९/०५/०५ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा फरार भोजपुर अरुण गाउँपालिका वडा नं.६ घर भई हाल अर्जुनधारा नगरपालिका वडा नं.११ बस्दै आएका २८ बर्षिय दिल कुमार भन्ने कुमार राई पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि  खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी बुधवार फैसला कार्यन्वयन गर्न झापा जिल्ला अदालत चन्द्रगढीमाउपस्थित गराइएको हो । अदालतको आदेश अनुसार फरार प्रतिबादी राईलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

एक बर्ष कैद तथा सजाय र ५ हजार रुपैयाँ जरिवाना भएका प्रतिवादी राई २ महिना २५ दिन न्यायिक हिरासतमा बसिसकेका प्रहरीले जनाएको छ । प्रतिबादी राईले बाँकी कैद ९ महिना ५ दिन र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।