मोरङ।
मोरङको बिराटनगर महानगरपालिका–१० भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
को २ ह ८०५१ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटी सफारी चालक पथरी शनिश्चरे नगरपालिका–७ का ६० बर्षीय रामबहादुर लिम्बुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।