झापा । 

झापाबाट बिभिन्न मुद्दामा फरार रहेको तीन जना प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ गरिएको प्रतिबादीहरुलाई फैसला कार्यन्वयनको लागि सोमवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ ।  अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतको मिति २०७८/१२/२० गतेको फैसला अनुसार वन पैदावर कटान गरी ओसारपसार गरेको मुद्दामा २ महिना कैद र ८ हजार ११० रुपैयाँ  जरिवाना र पिडित राहत कोषमा ३२५रुपैयाँ जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका हल्दीबारी–५ का २३ बर्षिय सुबेस तामाङ, अदालतको मिति २०७९/१२/०९ गतेको फैसला अनुसार वन पैदावर हानी नोक्सानी तथा ओसारपसार मुद्दामा ४ महिना कैद २०० रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका बाह्रदशी –३ का २३ बर्षिय कृष्ण लिम्बु भन्ने सुसन लोक्सम रहेको छन् । 

त्यसैगरी अदालतको मिति २०७९/१२/०९ गतेको फैसला अनुसार वन पैदावर हानी नोक्सानी तथा ओसारपसार मुद्दामा २४ दिन कैद २०० रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका हल्दीबारी–१ का २० बर्षिय बिशाल राई जसले २३ दिन न्यायिक हिरासतमा बसि कट्टा भइसकेको, बाँकी कैद १ दिन रहेको छ ।