बिर्तामोड । 

मोबाइल एशोसिएसन बिर्तामोडले मोबाइल फोन ब्यवसायीका समस्या र समाधानका उपायहरु बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ । एशोसिएसन बिर्तामोडले बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मर्मत गर्ने व्यवसायीहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 

एशोसिएसन बिर्तामोडले सोमवार (आज) आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ब्यवसायीहरुले समस्या र समाधानका वारेमा जिज्ञासा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख सहजकर्ता तथा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले ब्यवसायीहरुको जिज्ञासाको जवाफ दिएका थिए । 

ब्यवसायीहरुले पुराना मोबाइल खरिद बिक्री गर्दा ब्यवसायी नै फस्ने अवस्था रहेको बताउँदै  त्यसका लागि केके उपाय अपनाउन सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । ब्यवसायीको जिज्ञासालाई सम्बोधन गर्दै डिएसपी कार्कीले पुराना मोवाइल खरिद बिक्री अबैधानिक भएको बताउँदै सकेसम्म त्यस्तो नगर्न आग्रह गरेका थिए । उनले बिक्री गर्ने ब्यक्ति कस्तो हो पहिचान गरेर मात्र खरिद गर्नुपर्ने,  र पुराना मोबाइल खरिद गर्दा पनि उचित मूल्य दिनु पर्ने, बिक्री गर्ने ब्यक्तिउपर शंका लागे प्रहरीलाई खवर गर्नु पर्नेलगायतका सुझाव दिएका थिए । उनले प्रहरी कार्यालय बिर्तामोडमा फागुन महिनादेखि जेठको २१ गतेसम्ममा ७२ थान मोइल चोरी भएको घटना आएको बताउँदै सो अवधिमा १६ थान मोबाईल फेला परेको बताएका छन् ।  

moooo bile

एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आर्थिक मन्दीका कारण मोबाइल ब्यवसायीहरु मारमा परेको बताए । उनले मोबाइल बिक्रीबाट २÷३ प्रतिशत मात्रै आम्दानी हुने, बजारमा रहेको रकम नउठ्ने, बैंक तथा सहकारीले लगानी नगर्ने अवस्था रहेकाले कोठा भाडा तिर्नसम्म समस्या हुने गरेको बताए । उनले उद्योग बाणिज्य संघलाई आर्थिक अवस्था राम्रो नभएसम्म २५ प्रतिशत कोठा भाडामा छुट गर्ने ब्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा मोबाइल डिलर एशोसिएसन कोशी प्रदेश अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत मोबाइल एशोसिएसन बिर्तामोडका सचिव संजय साहले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, आइटी ब्यवसायीका तर्फबाट कम्प्युटर एशोसिएसन अफ नेपालका झापा अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल मोबाईल ब्यवसयाी महासंघ कोशी प्रदेश सचिव शिव अतिवडालगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोपाल काफ्लेले गरेका थिए ।